आज:  | Tue, 20, Feb, 2024

ओली बिनाको नेकपा सचिबालय बैठक

२०७७, २१ कार्तिक शुक्रबार २१:१८ मा प्रकाशित ( ३ साल अघि) १०२६२ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवादले अली चर्को रुप लिईरहेको बेलामा सचिवालयका केही नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका छन् । अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा भने प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आएनन । आजको बैठकले बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

खबर एक्सप्रेस