आज:  | Mon, 30, Nov, 2020

देशलाई संघीयताको खाँचो थिएन मान्दिएको हो

२०७७, २२ कार्तिक शनिबार १०:२४ मा प्रकाशित ( ३ हफ्ता अघि) ९६२ पाठक संख्या

काठमाडौं- पूर्व मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयताको खाँचो नभएको बताएका छन्। शुक्रबार उनले सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको भन्दै संघीयताको खाँचो नभएको बताएका छन्। ‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमा चैं के प्रतिगमन भएछ हँ? प्रदेशहरु खारेज भएको त छैन‚’ द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेको बताउँदै बाँस्कोटाले उल्लेख गरेका छन्‚ ‘द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

खबर एक्सप्रेस