आज:  | Mon, 26, Feb, 2024

कोरोनाबाट आज १७ जनाको मृत्यू

२०७७, २२ कार्तिक शनिबार १८:२४ मा प्रकाशित ( ३ साल अघि) ९९८३ पाठक संख्या

काठमाडौं, कात्तिक २२ गते । आज नेपालमा कोरोनाभाइरसका दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । भने दुई हजार २०६ सङ्क्रमित निको भएर घर फर्केका छन् ।मन्त्रालयका अनुसार आज देशभर दुई हजार ७५३ जना सङ्क्रमित थपिएका छन् । अब नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । भने हालसम्म एक लाख ५५ हजार ११४ जना निको भएर घर फर्केका छन् । यो सँगै अब ३५ हजार ४३५ जनामा भाइरसको सक्रिय सङ्क्रमण रहेको छ ।
दुई हजार २०६ सङ्क्रमित निको भएसँगै पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।

खबर एक्सप्रेस