आज:  | Tue, 20, Feb, 2024

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ नेता नेपालसहितका पूर्वएमाले नेतासँग छलफल

२०७७, २३ कार्तिक आईतवार १७:३८ मा प्रकाशित ( ३ साल अघि) ९०२२ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किएका बेलामा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ नेता माधव कुमार नेपाल सहित् पूर्व एमालेका अन्य नेता भेटवार्ता गरेका छन् । भेटमा वरिष्ठ नेता माधव कुमार नेपालसँग पार्टीको संकट समाधानका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग ओलीले छलफल गरेका बालुवाटार स्रोतले जनाएको छ ।

भेटवार्ताका क्रममा ओलीले महाधिवेशनपछिको नेतृत्व नेपालले लिनेगरी पूर्वएमाले मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका स्रोतको भनाइ छ ।

खबर एक्सप्रेस