आज:  | Tue, 20, Feb, 2024

कोरोनाबाट आज २१ जनाको मृत्‍यु

२०७७, २३ कार्तिक आईतवार २१:५१ मा प्रकाशित ( ३ साल अघि) ७४१० पाठक संख्या

काठमाडौं, कात्तिक २३ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् ।भने दुई हजार ८१२  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

आज १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८१७  जना सङ्क्रमित थपिएका छन्। अब नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । भने ३५ हजार ४१९ जनामा सक्रिय सङ्क्रमित रहेका छन् ।पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् । नेपालमा अहिले ८१.१   प्रतिशत निको हुने दर छ ।

पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

खबर एक्सप्रेस