आज:  | Sat, 20, Apr, 2024

नेपालमा कोरोनाबाट निको भएर घर फर्कने ८१ प्रतिशत

२०७७, २४ कार्तिक सोमबार १८:५८ मा प्रकाशित ( ३ साल अघि) ७९९९ पाठक संख्या

काठमाडौं, कात्तिक २४ गते । आज नेपालमा कोरोना भाइरसका दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९७ हजार २४ पुगेको छ । भने ३६ हजार १७४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा एक हजार ७९८ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५९ हजार ७२४ जना निको भएर घर फर्केका छन् । निको हुने दर ८१ प्रतिशत पुगेको छ । भने क्वारेन्टिनमा ९७६ जना मात्रै छन् । पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

खबर एक्सप्रेस