आज:  | Sat, 20, Apr, 2024

उपत्यकामा एक हजार ४२८ जना कोरोना सङ्क्रमित थपिए

२०७७, २४ कार्तिक सोमबार २०:१८ मा प्रकाशित ( ३ साल अघि) १११६१ पाठक संख्या

काठमाडौं, कात्तिक २४ गते । आज काठमाडौं उपत्यकामा एक हजार ४२८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
काठमाडौं जिल्लामा हाल १५ हजार ९८२, ललितपुरमा दुई हजार २५९ र भक्तपुरमा एक हजार १४३ जनामा सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकामा मात्र हालसम्म कुल ४१५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २७५, ललितपुरमा ६८ र भक्तपुरमा ७२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

खबर एक्सप्रेस