आज:  | Mon, 15, Apr, 2024

कोरोनाबाट आज २२ जनाको मृत्यू

२०७७, २५ कार्तिक मंगलवार २३:४६ मा प्रकाशित ( ३ साल अघि) ९३९४ पाठक संख्या

काठमाडौं, कात्तिक २५ गते । आज १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । भने ३८ हजार ३५ जनामा कोरोना भाइरसको सक्रिय सङ्क्रमण देखिएको छ । आज ८५३ सङ्क्रमित निको भएर घर फर्केसँगै हालसम्म एक लाख ६० हजार ५७७ जना निको भएर घर फर्केका छन् । निको हुने दर ८१ प्रतिशतमा पुगेको छ ।
आज २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।

खबर एक्सप्रेस