आज:  | Thu, 18, Apr, 2024

प्रधानमन्त्रिको ट्वीटर किन गरीन्छ पटक पटक दुरुपयोग

२०७७, २६ कार्तिक बुधबार ००:०६ मा प्रकाशित ( ३ साल अघि) ९९८३ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल यसपटक पनि दुरुपयोग भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केपी शर्मा ओली नामको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट गरेका आरोप बालुवाटार स्रोतले लगाएको छ । अहिले सामाजिक संजालमा प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै चर्को बिरोध र प्रश्न उठेपछि उत ट्वीट हटाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटर ह्याण्डलबाट सोही आशायको ट्वीट गरेका छन् । यस भन्दा पहिला पनि प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग भएको थियो ।

खबर एक्सप्रेस