आज:  | Mon, 30, Nov, 2020

छिनछिनमा रंग बदल्ने फोक्सुण्डो ताल फोटो फिचर

२०७७, २६ कार्तिक बुधबार ००:५१ मा प्रकाशित ( २ हफ्ता अघि) ८६९ पाठक संख्या

सुर्खेत । कर्णालीको डोल्पा जिल्लामा अवस्थित फोक्सुण्डो ताल नेपालको सबैभन्दा ठुलो र गहिरो र ताल हो । यो समुद्री सतहबाट ३ हजार ६ मिटर उचाइमा रहेको छ । यो तालको गहिराइ ६५० मिटर छ ।

यो तालमा कुनै पनि जलचर जीव पाइँदैनन् । ताल नजिकको गाउँलाई रिग्मो गाउँ भनिन्छ । यो तालको अर्को बिशेषता तालको पानीले छिनछिनमा रंग बदल्ने गर्छ कहिले गाडा नीलो, कहिले फिक्का यसले पनी त्यहाँ जाने जोकोहीलाई यसको सुन्दरताले आर्कषित गर्दछ ।

यहाँ पुग्नको लागी नेपालगञ्जदेखि डोल्पाको जुफालसम्म हवाइजहाजबाट गएर जुफाल एयरपोर्टबाट चार घण्टामा डोल्पाको सदरमुकाम दुनै जान सकिन्छ । एयरपोर्टबाट दुनै जाने र फोकसुण्डो जाने बाटो फरक फरक छन् । जुफाल एयरपोर्टदेखि फोक्सुण्डो पुग्न दुई दिनको यात्रा गर्नुपर्छ। पहिलो दिन डोल्पाको सेप्कासम्म पुगेपछि दोस्रो दिन फोक्सुण्डो पुग्न सकिन्छ । यस्तो सुन्दर ठाँऊलाई राज्यले ठिक किसिमले प्रचार प्रसार नगर्दा ओझेलमा पर्ने गरेको डोल्पालीहरु बताउछन् ।

फोक्सुण्डो ताल

फोक्सुण्डो ताल

फोक्सुण्डो ताल

 

खबर एक्सप्रेस