आज:  | Sat, 20, Apr, 2024

नेपालमा कोरोना सङ्क्रमित दुई लाख नाघे

२०७७, २६ कार्तिक बुधबार २२:३९ मा प्रकाशित ( ३ साल अघि) ८२७८ पाठक संख्या

काठमाडौं, कात्तिक २६ गते । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । आज कोरोनाका दुई हजार ५६९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।
आज एक हजार ६६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेका छन् भने पछिल्लो चौबीस घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

खबर एक्सप्रेस