आज:  | Mon, 30, Nov, 2020

मेरो राजीनामा माग्नु व्यर्थःप्रधानमन्त्री

२०७७, २६ कार्तिक बुधबार २२:५० मा प्रकाशित ( २ हफ्ता अघि) ८६९ पाठक संख्या

कात्तिक २६ गते । आज प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गरेका छन् । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण मार्ग भएको बताउँदै यसका लागि सरकारले प्राथमिकताका साथ हेर्ने बताए । संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिएको र सडक ट्रयाक खुलेपछि उत्तर–दक्षिण कोशी सडक निर्माणपसँगै किमाथाङ्का निकै नजिक हुने बताए ।
उनले भने आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याए । नेकपामा फुटको हल्ला चलाए पनि त्यस्तो हल्लाको पछि नलाग्न भन्दै सरकार परिर्वतन पनि नहुने बर्ता । म जनताको विश्वासले सरकारमा आएकोले अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु र मेरो राजीनामा माग्नु व्यर्थ भएको बताए ।

रासस

खबर एक्सप्रेस