आज:  | Mon, 30, Nov, 2020

हुतुतुका प्रमुख पात्र बरिष्ठ कलाकार हरिवंश आचार्यको आज जन्मदिन

२०७७, २७ कार्तिक बिहीबार १३:३१ मा प्रकाशित ( २ हफ्ता अघि) ३४७३ पाठक संख्या

काठमाडौं –बरिष्ठ कलाकार हरिवंश आचार्यको आज जन्मदिन। वि.सं. २०१४ कार्तिक २७ गते काठमाडौंको गैरीधारामा जन्मिएका हरिवंशले आज आफ्नो जन्मदिन मनाउदैछन् । उनको जन्मदिनमा बिभिन्न ब्यक्तीहरु र कलाकर्मीहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

हरिवंश हांस्यब्यङ्ग्यका चर्चित कलाकार, लेखक, निर्देशक, निर्माता, रचनाकार, गायक धेरै बिधामा चर्चित छन् । अर्का हास्य कलाकार मदन कृष्ण श्रेष्ठको साथमा ‘महजोडी’ को नामले परिचित हरिवंसले हालसम्म धेरै फिल्ममा पनि अभिनय गरिसकेका छन् । उनका लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री, शत्रु गते लगायतका फिल्म चर्चित छन् । उनले चिना हराएको मान्छे र हरिबहादुर उपन्यास पनि छन् ।

पछील्लो पटक उनी आशुसेन फिल्मस् को ब्यानरमा बन्न लागेको चलचित्रक “हुतुतु” को प्रमुख पात्रको रुपमा धेरै बर्षपछी बाहिरको ब्यानरमा अभिनय् गर्दैछन् ।

हुतुतुको स्क्रिप्ट लेखनको एक चरणमा समेत् उनी टिमसँग बसीसकेको छन् । उनी यो चलचित्रलाई लिएर एक्साईटेड भएको बताउदै आएका छन् । जन्मदिनको शुभकामना

खबर एक्सप्रेस