आज:  | Sat, 20, Apr, 2024

हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भए

२०७७, २७ कार्तिक बिहीबार २१:२१ मा प्रकाशित ( ३ साल अघि) १०६६५ पाठक संख्या

काठमाडौं, कात्तिक २७ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । भने दुई हजार ३४९ जना निको भएर घर फर्केका छन् । । हाल ३८ हजार ४६१ जनामा सक्रिय भाइरसको सङ्क्रमण देखीएको छ । भने हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ । पछिल्लो चौबीस घण्टामा करीब दश हजार पाँच सय जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।

खबर एक्सप्रेस