आज:  | Sat, 20, Apr, 2024

कोरोना संक्रमित संख्या २ लाख नाध्यो

२०७७, २८ कार्तिक शुक्रबार २१:१९ मा प्रकाशित ( ३ साल अघि) ७९९९ पाठक संख्या

काठमाडौं, कात्तिक २८ गते । आज नेपालमा कोरोना भाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् । भने तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको जनाएको छ । हाल ३७ हजार २२ जना सक्रिय सङ्क्रमित छन् । भने हालसम्म एक लाख ६८ हजार १२९ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म पन्ध्र लाख ९३ हजार ८५० जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।

खबर एक्सप्रेस