आज:  | Tue, 16, Apr, 2024

कोरोनाबाट आज १३ जनाको मृत्यू

२०७७, २९ कार्तिक शनिबार १८:२३ मा प्रकाशित ( ३ साल अघि) ८०६१ पाठक संख्या

काठमाडौं, कात्तिक २९ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । आज दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख आठ हजार २९९ पुगेको जनाएको छ । भने हाल ३६ हजार ४५२ जनामा कोरोना भाइरसको सक्रिय सङ्क्रमण रहेको छ । हालसम्म एक लाख ७० हजार ६३२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म १६ लाख दुई हजार ६०३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ ।

खबर एक्सप्रेस