आज:  | Sat, 20, Apr, 2024

कोरोना संक्रमित भन्दा घर फर्कनेको संख्या बढी

२०७७, ३० कार्तिक आईतवार १८:५६ मा प्रकाशित ( ३ साल अघि) १२१५३ पाठक संख्या

काठमाडौं, कात्तिक ३० गते । आज नेपालमा कोरोनाका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् । भने दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको जनाएको छ । हाल ३५ हजार १२५ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म एक लाख ७३ हजार ४३० जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २२१ पुगेको छ ।

खबर एक्सप्रेस