आज:  | Thu, 18, Apr, 2024

कोरोनाबाट केहीदिन यता मृत्‍यु हुनेको संख्या डर कम

२०७७, १ मंसिर सोमबार २१:३१ मा प्रकाशित ( ३ साल अघि) ९२३९ पाठक संख्या

काठमाडौं, मंसिर १ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार १९७ जना सङ्क्रमित थपिएका छन् । भने दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको जनाएको छ । हाल ३३  हजार ३७९ जनामा कोरोनाको सकृय भाइरसको सङ्क्रमित छन्। हालसम्म एक लाख ७६ हजार ३६४ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको छ ।

खबर एक्सप्रेस