आज:  | Mon, 30, Nov, 2020

आज ५०२ जना मात्र सङ्क्रमित भेटिए

२०७७, २ मंसिर मंगलवार २०:५५ मा प्रकाशित ( १ हफ्ता अघि) ५५९ पाठक संख्या

काठमाडौं, मंसिर २ गते । आज नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । भने दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएका छन्।थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको जनाएको छ । हाल ३० हजार ९८६ जनामा सकृय कोरोना सङ्क्रमित रहेका छन्। हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

खबर एक्सप्रेस