आज:  | Mon, 30, Nov, 2020

नेपालमा कोरोना संक्रमित निको हुने दर उच्च

२०७७, ३ मंसिर बुधबार २०:१९ मा प्रकाशित ( १ हफ्ता अघि) ५९० पाठक संख्या

काठमाडौं, मंसिर ३ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । भने तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म १६ लाख २३ हजार ७५४ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ ।
हालसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८५ दशमलब ८५ पुगेको छ ।
क्वारेन्टिनमा नौसय दशजना छन् । अब नेपालमा २८ हजार ८७८ जनामा कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ ।

खबर एक्सप्रेस