आज:  | Mon, 30, Nov, 2020

नेपालमा कोरोना सञ्चो हुनेको संख्या ८६ प्रतिशत

२०७७, ४ मंसिर बिहीबार १८:१५ मा प्रकाशित ( १ हफ्ता अघि) ६८३ पाठक संख्या

काठमाडौं, मंसिर ४ गते । आज नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । भने दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण गरीएको छ ।
दुई लाख १५ हजार २० पुगेकोमा हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले निको हुने दर बढेको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ । अब २८ हजार १०६ जना कोरोना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

खबर एक्सप्रेस