आज:  | Mon, 30, Nov, 2020

सरकारले कोरोना निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारवाही गर्ने

२०७७, ४ मंसिर बिहीबार १८:२१ मा प्रकाशित ( १ हफ्ता अघि) ६२१ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ ।
मन्त्रालयका अनुसार सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए । उनले भने अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्नुभनी पत्राचार सहित निर्देशन दिइसकेको भन्दै केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले अब त्यस्ता अस्पताललाई नियमानुसार शोधभर्ना रकम उपलब्ध नगराइने जानकारी गरे ।

खबर एक्सप्रेस