आज:  | Mon, 30, Nov, 2020

केहीदिनमा सेयर कारोबारको कमिसन घटाउने तयारी

२०७७, ४ मंसिर बिहीबार १८:३२ मा प्रकाशित ( १ हफ्ता अघि) ९६२ पाठक संख्या

नेपाल धितोपत्र बोर्डले अबको केही समयमा नै सेयर कारोबारमा धितोपत्र दलाल कम्पनीहरुले लिन पाउने कमिसन घटाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एक अन्तर्बार्ताको क्रममा बताएका छन ।

अध्यक्ष ढुंगानाले लगानीकर्ताले अनलाइनबाटै सेयर खरिद बिक्री गर्न सक्ने भएकाले मध्यस्तकर्ताका रुपमा रहने धितोपत्र दलालको भूमिका नगण्य हुने भएकोले दलालहरुलाई तिर्नु पर्ने कमिसन धेरै भएको भन्ने सबैतिरबाट गुनासो आएकाले त्यसलाई बोर्डले घटाउन लागेको बताए ।

अध्यक्ष ढुंगानाले एक पटक  लगानीकर्ता र धितोपत्र दलालहरुसँग छलफल गरेपछि कमिसन कति घटाउने भन्ने कुराको टुंगो लाग्ने पनि बताए, सो छलफल चाडपर्ब सकिए पछि चाडै गर्ने बताए छ ।

खबर एक्सप्रेस