आज:  | Mon, 30, Nov, 2020

कोरोनाको उपत्यकामा स्थिती भयाभव

२०७७, ५ मंसिर शुक्रबार १९:०० मा प्रकाशित ( १ हफ्ता अघि) ८३८ पाठक संख्या

काठमाडौं । आज नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म १६ लाख ४३ हजार ८९९ जनामा परीक्षण गरिएको छ । आज पाँच हजार ३६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९१ ह्जार दुई जना सङ्क्रमित निको भइसकेका छन् । भने हाल २४ हजार ६६५ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।आज २२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार २९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

 

खबर एक्सप्रेस