आज:  | Mon, 25, Mar, 2024

नेपालमा कोरोना संक्रमित संख्या भन्दा घर फर्केको संख्या उच्च

२०७७, ६ मंसिर शनिबार १९:४७ मा प्रकाशित ( ३ साल अघि) ९०८४ पाठक संख्या

काठमाडौं, मङ्सिर ६ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । मन्त्रालयका अनुसार करीब दश हजार जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हाल २४ हजार नौ जनामा कोरोनाको सक्रिय सङ्क्रमण रहेको छ ।
आज दुई हजार ३२३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख ९३ ह्जार ३२५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । आज सात जना सङ्क्रमितको मृत्युको दर्ता गरिएको जनाएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस