आज:  | Sat, 20, Apr, 2024

आज कोरोनाका ५ हजार ६९९ जना घर फर्किए

२०७७, ७ मंसिर आईतवार १९:१४ मा प्रकाशित ( ३ साल अघि) ८७४३ पाठक संख्या

काठमाडौं, मङ्सिर ७ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । भने १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज १६ जनाको मृत्यु भएको छ । भने आज ५ हजार ६९९ जना निको भएर घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ । आज काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

खबर एक्सप्रेस