आज:  | Mon, 15, Apr, 2024

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९०.९० प्रतिशत पुग्यो

२०७७, ८ मंसिर सोमबार १८:२७ मा प्रकाशित ( ३ साल अघि) ८९९१ पाठक संख्या

काठमाडौं, मङ्सिर ८ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन् । आज दश हजार ३८१ जनामा आरटी पीसीआर परीक्षण गरीएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन हजार ४३ जना निको भएर घर फर्केका छन् ।
योसँगै निको हुनेको संख्या दुई लाख दुई हजार ६७ जना पुगेका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९०.९० प्रतिशत पुगेको छ ।
आज थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।

खबर एक्सप्रेस