आज:  | Thu, 28, Mar, 2024

सत्ताको आडमा कब्जा गर्ने शैलीमा ईतिहास नमेटन् प्रकाशमानको चेतावनी

२०७७, ८ मंसिर सोमबार १९:२६ मा प्रकाशित ( ३ साल अघि) २९७३० पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्य साई बाबाको ९५‍औं अवतरण दिवसमा बोल्दै काठमाण्डौंको शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै झन्डै दुईतिहाइ बहुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । सरकारले दिनानुदीन अलोकप्रिय निर्णय गर्दै आएको भन्दै जनभावना बिपरीत रत्नपार्कको नाम परिवर्तन गरेकामा पनि आपत्ति जनाए । सत्ताको आडमा कब्जा गर्ने शैलीमा ईतिहासदेखी नाम रहदै आएका पूराना पार्कहरुको नाम परिवर्तन गरेको प्रति आपत्ती जनाए । अझ त्यस्ता पार्कहरुको नाम आफ्नो दलका नेताहरुको नामकरण गर्दै इतिहास मेटाउने काम नगर्न समेत चेतावनी दिएका छन् । पुराना इतिहास बोकेका पार्कहरु अतिक्रमण गरे त्यो राम्रो नहुने भन्दै चेतावनी दिएका छन् । सत्ता ढलेपछिको परिस्थिति हेक्का राख्न समेत चेतावनी दिए । काँग्रेस सबैको इतिहासलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतामा रहेका भन्दै उनले सत्तारुढ दललाई सत्ताको अहंमता नदेखाउन पनि चेतावनी दिए ।

 

 

खबर एक्सप्रेस