आज:  | Tue, 16, Apr, 2024

नेपालमा ९१.४२ प्रतिशत कोरोना संक्रमणमुक्त

२०७७, ९ मंसिर मंगलवार १८:४२ मा प्रकाशित ( ३ साल अघि) ८४३३ पाठक संख्या

काठमाडौं, मङ्सिर ९ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । नेपालमा कोरर १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेकाछन् ।
आज दश हजार ८४३ जनाको आरटी पीसीआरको परीक्षणमा गरीएको थियो । योसँगै अहिलेसम्म १६ लाख ८१ हजार २९९ जनाको आरटी पीसीआरको परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार आज कोरोनाका तीन हजार ७९१ निको भएका छन् । निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत पुगेको छ ।
आज नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

खबर एक्सप्रेस