आज:  | Sun, 14, Apr, 2024

कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्यामा उल्लेखनीय बृद्धि

२०७७, १० मंसिर बुधबार १८:५९ मा प्रकाशित ( ३ साल अघि) ६९७६ पाठक संख्या

काठमाडौं, मङ्सिर १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । भने कोरोनाका १६ हजार ६३९ जान सक्रिय संक्रमित रहेकाछन् । आज नौ हजार २१० वटा नमुनाको आरटी पीसीआरको परीक्षण गरीएको थियो । अहिलेसम्म १६ लाख ९० हजार ५०९ वटा आरटी पीसीआरको परीक्षण भइसकेको छ ।
आज तीन हजार १४० निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ जना पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
नेपालमा थप २८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ ।

खबर एक्सप्रेस