आज:  | Mon, 15, Apr, 2024

पूर्व यूवराज पारसको स्वास्थ्यमा समस्या होटल मै उपचार गरीदै

२०७७, १० मंसिर बुधबार २३:२८ मा प्रकाशित ( ३ साल अघि) ९०२२ पाठक संख्या

चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै पुगेर उपचार गर्दैछन् । उनी सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका थिए । नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका उनी अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्री सहित उपचारमा खटिएको छ। होटलमा आराम गरीरहेका शाहको इसिजी र रगत परीक्षण गरीदै छ थप केही जटिलता भए चितवन मेडिकल कलेजमा उपचारको लागी तयारी अवस्थामा राखिएको बताईएको छ ।

 

खबर एक्सप्रेस