आज:  | Mon, 15, Apr, 2024

नेपालमा कोरोना संक्रमित घर फर्कने संख्या उल्लेखनीय

२०७७, ११ मंसिर बिहीबार २३:१३ मा प्रकाशित ( ३ साल अघि) ७४१० पाठक संख्या

काठमाडौं, मङ्सिर ११ गते । आज नेपालमा कोरोनाभाइरसका एक हजार ६१४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नौ हजार ४९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६१४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका संकूमितसँगै अब नेपालमा १६ हजार ७९३ जनामा सक्रिय संक्रमण रहेको छ । हालसम्म १७ लाख जनाको परीक्षण गरिएको छ । आज एक हजार ४३७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । आज २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस