आज:  | Sun, 24, Mar, 2024

कोरोनाबाट आज २३ जनाको मृत्यू

२०७७, १२ मंसिर शुक्रबार १९:४३ मा प्रकाशित ( ३ साल अघि) १०७२७ पाठक संख्या

आज नेपालमा कोरोनाभाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म १७ हजार २३७ जनामा कोारोना भाइरसको सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको छ ।
आज एक हजार २३६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । आज २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस