आज:  | Tue, 16, Apr, 2024

आजबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु

२०७७, १५ मंसिर सोमबार २२:५३ मा प्रकाशित ( ३ साल अघि) ७६८९ पाठक संख्या

काठमाडौं, मङ्सिर १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना भाइरस पत्ता लगाउन मन्त्रालयले एन्टिजेन परीक्षण सुरु गर्न लागेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकाका कोरोना हटस्पटबाट एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी दिए।
काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गर्न लागेको जानकारी दिए। डा.पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको जानकारी दिँदै एन्टिजेनबाट २०÷२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो । डा.पाण्डेले भने घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ । काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।

रासस

खबर एक्सप्रेस