आज:  | Mon, 15, Apr, 2024

एआईजी बढुवामा विश्वराज पोखरेललाई सिफारिस भावी महानिरीक्षक

२०७७, १५ मंसिर सोमबार २३:०४ मा प्रकाशित ( ३ साल अघि) ८२७८ पाठक संख्या

१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि महानिरीक्षक (आईजीपी) बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ ।

खबर एक्सप्रेस