आज:  | Thu, 18, Apr, 2024

राजसंस्थाको एजेन्डा सर्वमान्य : केन्द्रीय सदस्य खडका

२०७७, १६ मंसिर मंगलवार १२:१७ मा प्रकाशित ( ३ साल अघि) १३३९३ पाठक संख्या

दोलखा,  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विजय खडकाले मुलुकमा राजसंस्थाको एजेन्डा सर्वमान्य हुन लागेको वताएका छन्,राप्रपा दोलखाले आयोजना गरेको केन्द्रीय सदस्यहरूको सम्मान कार्यक्रममा बोल्दै खडकाले मुलुकका युवाहरू विच राजसंस्थाको मुद्दा र एजेन्डा लोकप्रिय रहेको र अहिलेको आन्दोलनले राजसंस्था लगाएत धर्म संस्कृति र नेपाली समुदायको अन्तर्राष्ट्रिय स्तरमा गुमेको साख र छवि पुनस्थापित हुने वताए यो एजेन्डाको सुरूवात गर्ने पार्टी राप्रपा भएकोले राजसंस्थाको पक्षमा गरिने जुनसुकै कार्यक्रममा राप्रपाको सशक्त उपस्थिति रहने तथा राप्रपाको अगुवाइमा मुलुक आन्दोलित हुने र छिटोभन्दा छिटो राजसंस्था पुनस्थापित भएरै छोडेने बनाए सो कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू सुन्दर प्रकाश खडका,बलवहादुर केसी शोभित उप्रेती ,प्रविण कुमार थोकर तिर्थ केसी,राप्रपा दोलखा सहसंयोजक बलवहदुर तमाङ,कार्य सम्पादन सदस्य शिव केसी लगाएतका वक्ताहरूले सम्वोधन गरेका थिए,राजनवहादुर शिवाकोटीको अध्यक्षतामा वसेको कार्यसम्पादन समितिको वैठकले कोभिडको कारण बन्द गरिएको  जिल्लाका सवै मन्दिरहरू खुला गरिनुपर्ने ,जिल्लामा एक विहान एक सदस्यको कार्यक्रम लागू गर्ने लगाएतको निर्णय गरेको छ।

खबर एक्सप्रेस