आज:  | Sat, 20, Apr, 2024

नेपालमा मृतकको संख्या १५२९ पुग्यो

२०७७, १६ मंसिर मंगलवार २०:५९ मा प्रकाशित ( ३ साल अघि) ७९९९ पाठक संख्या

 

आज बितेको देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज २१ जनाको मृत्यु भएकोछ । मन्त्रालयका अनुसार आज ८ हजार ५८३ जनाको पीसीआर परीक्षण गर्दा थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  २ लाख ३४ हजार ७५६ पुगेको छ ।भने आज २०७३ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
हाल सकृय संक्रमितको संख्या १६ हजार ६३३ जना पुगेको छ भने मृतकको संख्या १५२९ पुगेको छ ।

खबर एक्सप्रेस