आज:  | Mon, 15, Apr, 2024

नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुने दर ९२.३४ प्रतिशत

२०७७, १७ मंसिर बुधबार २०:०३ मा प्रकाशित ( ३ साल अघि) ८६१९ पाठक संख्या

काठमाडौं, मङ्सिर १७ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ३०४ जना सङ्क्रमित थपिएको पुष्टि भएको उल्लेख गरेको छ । हाल १६ हजार ५४७ जनामा भाइरसको सक्रिय सङ्क्रमण रहेको छ । आज एक हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख १६ हजार १६१ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा कोभिड–१९ को संक्रमणमुक्त हुने दर ९२.३४ प्रतिशतमा रहेको छ ।
आज नौ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस