आज:  | Mon, 15, Apr, 2024

कोरोना संक्रमित घर फर्कनेको संख्यामा बृद्धि

२०७७, १८ मंसिर बिहीबार १९:३२ मा प्रकाशित ( ३ साल अघि) ७७२० पाठक संख्या

काठमाडौं, मङ्सिर १८ गते । आज नेपालमा कोरोना भाइरसका एक हजार ३४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । आज नौ हजार २८९ परीक्षण भएको छ । हालसम्म १७ लाख ६३ हजार ९१९ परीक्षण भइसकेको छ ।
हाल १५ हजार ७६६ जनामा भाइरसको सक्रिय सङ्क्रमण रहेको छ । आज दुई हजार १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख २० हजार २७२ जना सङ्क्रमित निको भइसकेका छन् । आज १३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस