आज:  | Wed, 27, Mar, 2024

नायिका निता ढुङ्गाना बाग्मती सफाइ अभियानमा

२०७७, १७ माघ शनिबार २२:३१ मा प्रकाशित ( ३ साल अघि) ३२२४१ पाठक संख्या

काठमाडौं । बाग्मती सफाइ महाअभियानको ४ सय तीन हप्ताको अभियान सम्पन्न भएको छ । राष्ट्रका लागि हप्तामा दूई घण्टा स्वयम् सेवा भन्ने मुल नाराका साथ बि.स. २०७० साल जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानको आज सम्पन्न भएको अभियानमा नायिका नीता ढुङगानाको बिशेष सहभागीता रहेको थियो ।

अभियानमा नेपाली सेना, कामना वडा नं ११का वडाध्यक्ष हिरालाल तण्डुकार, विश्वशान्ति विहारका प्रमुख गुरु सिद्धार्थ, अधिकार सम्पन्न वाग्मती आयोजना, नेपाल आमा समूह, संघ सस्था र अभियन्ताको सहभागितामा सम्पन्न कार्यक्रमको आतिथ्यता आलोकनगर सफाइ अभियानले गरेको थियो ।

नदी भित्रै पसेर दुई घण्टा सफाइ गर्दै नायिका निताले आफुले यस्तो पवित्र कार्यमा सहभागी हुन पाउदा गर्व महशुस भएको बताइन ।

न समिती न पदाधिकारी न कोश भएको यो ठुलो अभियानमा आफु जोडीन पाउदा निकै खुशी लागेको बताइन   ।आफु सम्भव भएसम्म यो अभियानमा निरन्तर जोडीने बताइन । 

आजको अभियानबाट ८ टन फोहोर ब्यबस्थापन गरिएको अभियन्ता माला खरेलले बताइन । आज घरदैलो कार्यक्रम गर्दै जथाभावी फोहर गर्नेलाई काठमान्डौ महानगरपालिकाले कार्यबाही गरेको थियो ।

 

 

खबर एक्सप्रेस