आज:  | Wed, 27, Sep, 2023

प्रदेश प्रमुख झाले आफ्नो कार्य कक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखे

२०७७, १० फाल्गुन सोमबार २३:४५ मा प्रकाशित ( २ साल अघि) ३६०८५ पाठक संख्या

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले आफ्नो कार्य कक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीको तस्बिर पनि राखेका छन् । तर पृथ्वीनारायण शाहको तस्बिर  राख्ने उनी पहिलो प्रदेश प्रमुख बनेका छन् । नेपालको एकीकरणकर्ता राजाको तस्बिर भित्तामा राखिनुलाई सबैले सकारात्मक लिएका छन्।

राजेश अहिराज भनेर चिनिने राजेश झालाई गत हप्ता मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । उनी राष्ट्रवादी धारका ब्य्क्ती हुन। झा संघीयताको कडा आलोचक हुन ।

खबर एक्सप्रेस