आज:  | Wed, 27, Mar, 2024

देशको अवस्था कमजोर हुँदै गयो : कमल थापा

२०७७, २४ फाल्गुन सोमबार २१:३५ मा प्रकाशित ( ३ साल अघि) २०४३० पाठक संख्या

काठमाडौं : राप्रपा अध्यक्ष कमल थापाले नेपालमा जबरजस्ती धर्म निरपेक्षता घोषणा गरेको कारण आज देशको अवस्था कमजोर हुँदै गएको बताए ।

राप्रपा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन । सनातनदेखि मान्दै आएको हिन्दू धर्मलाई विभिन्‍न स्वार्थका कारण् कमजोर बनाउदै गएको बताए । अब महिलाहरूले अग्रसर भएर अगाडि बढ्नु पर्ने धारणा राखेका हुन ।

 

राप्रपाले मात्र धर्म संस्कृतिलाई जोगाउन सक्ने भन्दै राप्रपालाई आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित गर्न महिला संगठनले भूमिका प्रमुख हुने बताए । राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन जना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको थापाले बताए । 


कार्यक्रम राप्रपा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ती कुमारी शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

खबर एक्सप्रेस