आज:  | Tue, 16, Apr, 2024

मधानी महायज्ञ – २०७७ सम्पन्न

२०७७, २८ फाल्गुन शुक्रबार ००:२५ मा प्रकाशित ( ३ साल अघि) २५१११ पाठक संख्या

फाल्गुन २७, मौलापुर । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर संभावना बोकेको मौलापुर स्थित पतौरा पुरातात्विक महादेव मन्दिरप्रति सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण गराउन तथा यस सम्पदालाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन मद्दत पुर्याउने उद्देश्यले मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महायज्ञ – २०७७ भव्यताका साथ सम्पन्न भएको छ ।

 

 

कार्यक्रमलाई प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री मा. ईश्वर पोखरेलले समुदघाटन गरेका थिए । सोही कार्यक्रममा विशिष्ट अतिथि प्रदेश २ प्रमुख मा. डा. राजेश झा, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठ, अभिनेत्री द्वय दिपाश्री निरौला, संचिता लुईटेल तथा भारतका भोजपुरी सिनेमाका सुपरस्टार प्रदीप पाण्डे ‘चिन्टू’, अक्षरा सिंह, निर्देशक राजकुमार आर पाण्डे लगायतका दर्जनौं कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दशौ हजार नागरिकको सहभागिता रहेको थियो ।

यस क्षेत्रको विशेष मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञले आगामीदिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रसिद्धि प्राप्त गरी आन्तरिक तथा बाह्य पर्यटनको समेत थप टेवा पुग्ने विश्वास लिईएको छ । 

खबर एक्सप्रेस