आज:  | Wed, 31, May, 2023

कमरेड प्रचण्ड ! तपाईं मूड फ्रेस गर्न सिन्धुली जानु भएको रहेछ । यसो सिन्धुलीगढी पनि जानु होला….

२०७७, ५ चैत्र बिहीबार १५:५६ मा प्रकाशित ( २ साल अघि) २९५७५ पाठक संख्या

आफ्ना हरेक सिनेमामा राष्ट्रियताका विषयमा कुरा उठाउदै आएका चलचित्र निदेशक रामशरण पाठकले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस्  लेख्दै प्रचन्डलाई केही सुझाब दिएका छन् । 

उनले सामाजिक संजालमा  #अनुरोध कमरेड प्रचण्ड ! तपाईं मूड फ्रेस गर्न सिन्धुली जानु भएको रहेछ । यसो सिन्धुलीगढी पनि जानु होला है ! औपचारिक कार्यक्रममा त तपाईं त्यहा जानु भएको सबैलाई थाहै छ । यसपाली चाही अनौपचारिक रुपमा जानु होला भनेर अनुरोध गर्न चाहान्छु । त्यहा आधुनिक नेपालका निर्माता बडा महाराजधिराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक छ । ति राजा सामु उभिएर उहाको नेपाल एकिकरणको उद्देश्य र तपाईले सुरु गर्नु भएको तपाईकै भाषामा महान क्रान्ति, ति दुबैको सफलता र असफलताको चुपचाप मुल्यांकन गर्नुहोला । म तपाईलाई किन यो अनुरोध गरिरहेको छु भने त्यो ६ सय गोर्खाली फौजले २४ सय गोराहरुको फौजलाई धुलो चटाएको ठाउँ हो । यदी त्यो युद्द गोर्खालीले हारेको भए आज न हामी स्वतन्त्र देशका  जनता हुन्थ्यौ न तपाईं स्वतन्त्र देशको नेता । त्यसैले आफू कुनै वादको नायक नभई स्वतन्त्र देशको नागरिक भएर आफू भित्र कुनै कमी कमजोरी भए त्यस्लाई स्वीर्कार्दै काठमाण्डौ आएर यस्तो उद्घोष गर्नु होला ताकी नेपाली जनताले पहिले जस्तै तपाईलाई मान सम्मान गरून्  । नेपाली राजनितिमा यसरी तपाईको वजन घटीरहेको मलाई पटक्कै मन परिरहेको छैन कमरेड !

खबर एक्सप्रेस