आज:  | Fri, 29, Mar, 2024

राप्रपा महिला प्रमुखमा कुन्ती शाही नियुक्ती

२०७७, २५ चैत्र बुधबार २३:११ मा प्रकाशित ( २ साल अघि) ५५०२६ पाठक संख्या

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले सो पार्टीसँग आवद्ध सात संगठनका पदाधिकारीको समायोजन गरेका छन्।  पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा अध्यक्ष कुन्तीकुमारी शाहीलाई नियुक्ती गरिएको छ। शाही राप्रपामा महिला संगठन बिस्तारमा महत्वपूर्ण योगदान दिदै आएकी छन् । प्रखर बक्ताका साथै पार्टीलाई अन्य पार्टीसँग पनि राम्रो समन्वय गर्न सक्ने नेताको रुपमा परिचित छन् । पार्टीको स्थापनाकालदेखी नै सकृय भूमिका निभाउदै आएकी शाही दुई पटकसम्म मन्त्रालय सम्हाली सकेको अनुभव छ ।

त्यस्तै  सहअध्यक्षमा ममता राई, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा अध्यक्षद्वय प्रकाश रिमाल र राजु लोहनी, राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनमा कार्यकारी अध्यक्ष महेशबहादुर सिंह र अध्यक्ष धनशुर शाही, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनमा ऋषिबाबु परियार अध्यक्ष र सरला बिश्वकर्मा सहअध्यक्ष त्यसैगरी, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनको अध्यक्षमा सलाउद्दिन जसगढ र सहअध्यक्षमा हजबुल मियाँ, राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठनमा लालध्वज लामा र आङ्गनिमा शेर्पा अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको अध्यक्षमा ध्रुव रायमाझी (उदयपुर) र सहअध्यक्षमा राममणि न्यौपाने चयन गरिएको राप्रपा नेता मोहन श्रेष्ठले जनाएका छन्।

खबर एक्सप्रेस