आज:  | Fri, 29, Mar, 2024

छोटो फिल्म ‘जुनुको जुत्ता’ ले रुसमा बेस्ट अवार्ड जित्यो

२०७८, २४ बैशाख शुक्रबार २०:२४ मा प्रकाशित ( २ साल अघि) १६७४१ पाठक संख्या

काठमाडौं गणेश तिवारी
काठमाडौं । छोटो फिल्म ‘जुनुको जुत्ता’ ले रुसको ‘फेस्ट प्रो फिल्म फेस्टिभल’ मा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ । फेस्टिभलमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट फिल्म घोषित भयो । यस अगाडि विभिन्न अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा समेत उत्कृष्ट अवार्ड हात परेको ‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने एक सानी नानीको कथामा बनेको छ । ‘सुल्टो’ नलगाउँदा पाएको नमिठो गालीपछि सानी सानीले सुल्टो जुत्ता नलगाउन गरेको संघर्ष फिल्ममा प्रस्तुत छ । केदार श्रेष्ठ निर्देशित फिल्म विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धरले खिचेका हुन् । विप्लवराज पोखरेलको सम्पादन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी शर्मा लगायतको अभिनय छ ।

खबर एक्सप्रेस