आज:  | Thu, 30, Mar, 2023

बिश्व वातावरण दिवसको अवसरमा परम आदरणीय गुरु टुल्कु रिकदेन रिम्पोछे ज्युको सन्देश

२०७८, २२ जेष्ठ शनिबार १६:१८ मा प्रकाशित ( १ साल अघि) ३२९२३ पाठक संख्या

आजको अवस्था र पर्य़ावरण दिवस – गुरु रिकदेन रिम्पोछे

प्रकृतिलाई सुन्दर हरियाली बनाउदैमा जीवित प्राणी, मानव अस्तित्वको सुरक्षा सुनिश्चित छ। प्रकृति हरियाली बन्दा पृथ्वीको सुन्दर चित्र देखिन्छ अनि मानव जीवन र प्रकृतिका सुन्दर गहनारूपी यी सजीव बस्तुको जीवन सुगम र सफल बन्छ। यसै विषयलाई लिएर ५ जूनदेखि विश्वका सारा भागहरूमा बिरूवा रोपण शुरू हुन्छ। यो दिन अति महत्वपूर्ण दिन र एक तिहारको रूपमा लिन सकिने दिन। पर्यावरण अथवा वातावरणलाई बलियो बनाउने एउटा विशेष पर्व यो दिन।
अहिले कोरोना महामारीको समय हामी वरिपरि अक्सीजनको कमी, अक्सीजनको अभाव परेको देखिरहन्छौं। धेरै सुन्छौं पनि। एक अति वृद्ध पुरूष कोरोनाले थलिन्छन्। जब उनलाई अस्पताल पुऱ्याइन्छ भेन्टिलेटर र अक्सीजनको अति आवश्यक पर्छ। उपचारपछि निको हुन्छन्। अस्पतालबाट छुट्टी मिल्छ तर उनको मनले छुट्टी दिँदैन। बाचुञ्जेल प्रकृतिले यति धेरै अक्सीजन दियो। प्रकृतिको उपहार अक्सीजन कुनै शुल्कबिनै लिइयो। कुनै दिन प्रकृतिलाई धन्यवादसम्म दिइएन। यसो हुँदा वृद्ध भक्कानिन्छन्।
आज कोरोनाले अक्सीजनको मूल्य बताइरहेछ। यति मात्र होइन, जताततै लाश छ, जलाउनलाई धेरै दाउरा चाहिएको छ। तब यी दाउरा कसले दिने उनै प्रकृतिलाई नै माग्नुपर्छ। मानवलाई चाहिने सबै आवश्यकता प्रकृतिले आफ्नो काखमा लिएर बसेको छ। अब प्रकृतिलाई दिनुपर्ने समय आइपुग्यो। प्रकृतिबाट लिनुपर्ने भक्कुचुर लिइसक्यौं। उसलाई पनि दिनुपर्छ, त्यो दिने समय आज आइपुग्यो। प्रकृतिले आज ५ जूनको दिन यही मागिरहेछ दुइचारवटा रूखको बिरूवा। प्रकृतिले आज रूखका बिरूवा मागिरहेछ। मलाई रूखका यी बिरूवा देऊ म तिमीलाई अक्सीजन दिन्छु, पर्यावरण दिन्छु भनिरहेछ। यसैलाई ध्यानमा राखेर यो समय खुबै स्याहारले बिरूवा रोपण गर्नुपरेको छ। तब प्रकृति मानवसँग खुशी हुनेछन्। जङ्गलका जीव जन्तु हाँस्नेछन्। जङ्गलभरि रूखपात र फल फलार प्रशस्त भइदिएमा ती जनावरहरू जङ्गल छोड़ेर गाउँ आउने छैनन्। यी जन्तु आफ्नै साम्राज्यमा रमाउनेछन्।…….
तब ५ जूनलाई अवसर पारेर रूखपातको बिरूवा रोपण गर्न अग्रसर बनौं। रोपौं मात्र होइन यी रोपिएका बोट बिरूवालाई झार पातले मार्न खोज्छ कि कस्तो हुन्छ यसको स्याहार गर्न पनि अघि सरौं। यसैमा प्रकृतिको मान बढ़्छ। यसैमा प्रकृति र मानवको ज्यान पनि सुरक्षित छ। तब ५ जून आज। रोपौं रूखपातका बिरूवाहरू प्रशस्तै।✍️
– गुरु रिकदेन रिम्पोछे, संरक्षक कालेबुङ सेवा फाउन्डेसन

खबर एक्सप्रेस