आज:  | Wed, 27, Sep, 2023

किशोरकिशोरीलाई फागुनदेखि खोप

२०७८, ३० श्रावण शनिबार ०७:३५ मा प्रकाशित ( २ साल अघि) १३४८६ पाठक संख्या

काठमाडौं । १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डना खोपको ४० लाख डोज खोप नेपाल आउन आउँदैछ । विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि १० करोड ४० लाख डलर उपलब्ध गराएसँगै आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने विश्व बैंकले बताएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा कोभ्यास मार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो ।

खबर एक्सप्रेस