आज:  | Fri, 29, Mar, 2024

भुकम्प, आगलागी र सडक दुर्घटना बारे कृतिम अभ्यास

२०७८, ११ कार्तिक बिहीबार २३:११ मा प्रकाशित ( २ साल अघि) ११२८५ पाठक संख्या

भुकम्प, आगलागी र सडक दुर्घटना आदी जस्ता घट्ना आइपरे महानगरपालिकाको संयन्त्र कसरी परिचालन हुन्छन् भनी कृतिम अभ्यास कार्यक्रम मंगलबजारको दरवार स्क्वायरमा सञ्चालन भएको थियो। कृतिम अभ्यास र  Protection Cluster को भुमिका निर्वाह गर्दाको केही झलक साथै जानीराखौ अरु १२ वटा विभिन्न cluster मध्य यस्तो बेला महिला विकास महाशाखाले नेतृत्वगर्ने Protection Cluster को भुमिका के-कस्ता हुन्छन्।

१. यसरी कुनैपनि प्रकोप आइपर्दा हरेक पालिकामा जस्तै महानगरमा प्रभावितहरुलाई तत्काल उद्धार, उपचार, सुरक्षा, राहत, पुनर्स्थापना आदी गर्नका लागि हुने भिभिन्न १२ वटा क्षेत्र(टोली) हुन्छन्।

२. यसरी खटिने १२ वटा टोली भित्र महिला विकास महाशाखाले नेतृत्व गर्ने Protection Cluster अर्थात् संरक्षण विषयगत क्षेत्र (टोली) पनी एक हुन्छ ।

३. Protection Cluster केहो त?

एउटा विशेष प्रकारको टोली हो यस्ले कुनैपनि प्रकोपको समयमा आफ्नो सुरक्षा आफै गर्न कठिनाइ हुने, यस्तो अवस्थामा अरूबाट दुर्व्यवहारमा पर्नसक्ने र उद्धार, उपचार, सुरक्षा, राहत सेवा/सुविधामा पहुँच पुग्न कठिनाई हुने साथै बढी जोखिममा पर्नसक्ने तल उल्लेख गरिएको ४ वटा वर्गको विशेष ख्याल राख्दछ। साथै सेवामा प्राथमिकता दिन सबै सेवा उपलब्ध गराउने टोलीहरुसँग सहकार्य गर्दछ :

जोखिममा पर्नसक्ने वर्गहरु :

क) महिला अझ विशेषगरी गर्भवती, सुत्केरी, बच्चालाई दुध खुवाउने आमा

ख) बालबालिका 

ग) अपाङ्गता भएका ब्यक्तिहरू 

घ) ज्येष्ठ नागरिकहरू

Protection Cluster ले उद्धार, राहत, सुरक्षा, उपचार, शिक्षा, आदी अन्य टोलीबाट उपलब्ध गराइरहेको सेवा माथिका ४ वर्गले राम्ररी पाए नपाएको अनुगमन गर्ने, उपलब्ध गराउन सहजिकरण गरिदिनु पर्दछ।

४. प्रकोपको समयमा महिला र किशोरीहरु यौनजन्य हिंसा, बलात्कार र बेचबिखनमा पर्नसक्ने भएकाेले विशेष निगरानीगरी गर्नु पर्छ ।

५. यी विशेष ४ वर्गलाई अरूलाई त्रास र मानसिक तनाब हुने भएकोले प्रभावित हुँदा देखिनै मनोसामाजिक परामर्श(physico socio Councilling सेवा उपलब्ध गराउनु पदर्छ।

६. यो Cluster को अर्को विशेषकाम सबै निकायसंग सहजिकरण गर्ने र आवस्यक सहकार्य गर्ने र समन्वय गर्नुको साथै उपल्लो संयन्त्रलाई समय-समयमा र कार्य सम्पन्न भए पश्चात् रिपोर्टिङ गर्ने समेत रहेको  हुन्छ।

Protection Cluster team को बनोट:

१) महिला विकासका कर्मचारी

२) महिलाप्रहरी सेलका प्रतिनिधिहरु

३) महिला, अपाङ्गता, बालबालिका तथा ज्येष्ठ नागरिक चारै क्षेत्रबाट प्रतिनिधि

४) मनोविमार्शकर्ताहरु

५) नगरपालिकाका प्रहरी 

६) संचार माध्यमका प्रतिनिधि

७) रेडक्रस प्रतिनिधि

८) सरोकार UN agencies का प्रतिनिधि आदी

लेखक : महेश्वरी बिष्ट महिला बिभाग प्रमुख ललितपुर महानगरपालिका   

खबर एक्सप्रेस