आज:  | Fri, 22, Mar, 2024

“नारीको भरोसा साथी” भन्ने अभियानका साथ सेनेटरी प्याड बजारमा

२०७८, १३ कार्तिक शनिबार २०:०३ मा प्रकाशित ( २ साल अघि) १९७१७ पाठक संख्या

गणेश तिवारी, काठमाडौ ॥ सृजनशील महिला उद्यमी प्रा।लीले दिपावली तथा छट पर्वको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौमा आज एक कार्यक्रम आयोजना गरी कम्पनीले “नारीको भरोसा साथी” भन्ने अभियानका साथ ४ किसिमका सेनेटरी प्याड बजारमा ल्याएको प्रालिकी प्रमुख प्रशासकीय अधिकृत प्रिया लामिछानेले जानकारी दिईन । यो प्याडलाई १० घण्टा सम्म नियमित प्रयोग गर्न सकिने समेत उनले बताईन । हाल यसको मुल्य २४० एमएमको आठ पिसको रेगुलर साइजमा ६५ रुपैया, २८० एमएमको यूटीएफ र सेफजेल भएको आठ पिस एक्ट्रा लार्ज ७५ रुपैया सानो प्याकमा २८० एमएमको यूटीएफ र सेफजेल भएको ७ पिस एक्ट्रा लार्जको ७५ तथा ३२० एमएमको डबल एक्ट्रालार्जको १३० रुपैया तोकिएको छ । नेपाल सरकारको गुणस्तरीय मापदण्ड अनुसार बनाएको सो प्याड बारे बिबिध जानकारी समेत दिईएको थियो । कम्पनीले करीब ४ हजार महिलाहरु तथा स्वास्थ्यकर्मीहरुलाई प्याडको गुणस्तर बारे र प्याडलाई सहि तरिकाले प्रयोग गर्ने बारे विभिन्न अस्पतालहरु तथा संघ संस्थामा पुगेर जानकारी दिएको समेत बताइन्। लामिछाने एक संघर्षशील महिला हुने उनी बिगत लामो समयदेखी सामाजिक कार्यमा समेत कृयाशील रहेकी छिन् । उनी बाग्मती सफाइ महाअभियानको अभियन्ता समेत हुन ।

खबर एक्सप्रेस